पछिल्लो समय राजेन्द्र बजगाईंको सङ्गीत तथा सङ्गीत संयोजनमा एकपछि अर्को गीतको भिडिओ सार्वजनिक भइरहेको छ । यसै क्रममा गायिका शर्मिला बर्देवा र प्रमोद शर्माको स्वरमा ‘खै त मायाले कुरा बुझेको’ गीतको भिडिओ सार्वजनिक भएको हो । यसमा दिनेशराज पुरीको शब्द रहेको छ । स्टुडियो २१, म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकडिङ्ग गरिएको यस गीतको मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन् ।
सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको यस गीतको भिडिओमा शुधिर श्रेष्ठ, बिना रावत, श्रीस्वस्थानी तामाङ लगायतको अभिनय रहेको छ । छायाङ्कन करन चैसीर, सम्पादन तथा कलर शिलन लम्सालले गरेका हुन् । ‘खै त मायाले कुरा बुझेको’ बोलको गीतको भिडिओ म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
