पतिको प्रतीक्षामा बसेकी पत्नीको गीत सार्वजनिक

— इ. रोशन मञ्जुश्री अधिकारी

घरमा पतिको प्रतीक्षामा बसेकी पत्नीको मनोव्यथा झल्किने ‘अझै आएनन् उनी’ बोलको गीत शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ । जेठ २४ गते शनिबार सो गीतकी गायिका रश्मि हुमागाईंले गीतलाई सार्वजनिक गरेकी हुन् । त्यस बखत उनले आउँछु भनेको समयमा घर नआइपुग्दा पत्नीको मनमा कस्तो छटपटी हुन्छ, त्यो छटपटी गीतमा व्यक्त भएको कुरा व्यक्त गरिन् । गीतकार सुनील सापकोटाको रचना र सङ्गीतकार हरि मञ्जुश्रीको सङ्गीतमा तयार भएको यो गीत अक्षरधाम यु–ट्युब च्यालनबाट सुन्न सकिन्छ ।

कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, प्रा. डा. उषा ठाकुर, डा. मधुसूदन लामिछाने, सङ्गीतकार हरि मञ्जुश्री लगायतका वक्ताहरूले ‘अझै आएनन् उनी’ गीतको मार्मिक पक्ष र गायकीमाथि आआफ्नो धारणा राख्नुभएको थियो । शास्त्रीय सङ्गीतमा आधारित सो गीत गृहिणी महिलाहरूले रुचाउने विश्वास गरिएको छ ।