-प्रमिला तामाङ
सुनसान…..
चकमन्न…..छु
केही नभए जस्तो,
कोही नभए जस्तो,
रित्ता घरहरु…
रित्ता सडकहरु….
अनि रित्ता मनहरु…
धन्न….
कुकुरहरु भुक्छन् नथाकी,
र पो रातहरु कटाएकी छु ।
रित्तिंदाको रित्तोपन…
वेजोडले विरक्तिएको मन…
फकाउने पनि को पो छ र ???
स्वार्थमा मसँग प्रित गाँस्नेहरु,
कर्मथलोको उपनाम दिएर मित लगाउनेहरु,
सुनिदेओ मेरो सन्नाटाको आवाज
किर्….किर,….किर्…झिं…. झिं…
दुबै कानको भित्री जालीदेखि सुनिदेओ ।
महसुस गरिदेओ…
मेरो वेचैनी र छटपटी
अनि सुन्यताको पराकाष्ठा !
सबै लागे आफ्नालाई सम्झिएर
आफ्नैतिर…
म पो एक्लिएकी छु ।
केही बसेकाहरु नसामा होलान्
केही बँचेकाहरु मोवाइल दुनियामा होलान्
म राजधानी, शहर (काठमाडौं)
चाडवाडले गर्दा रित्तिएकी छु ।