-सानु श्रेष्ठ
विशेषत: हिउँदका महिनाहरु कलाकारका लागि अझै विशेष हुन्छन् । देशका विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सव र लगनका महिनाहरुले लगन बिहेवारी विशेष गीतहरू रेकर्डिङ र साङ्गीतिक प्रस्तुतिको लागि अझै व्यस्त देखिन्छन् कलाकारहरु । यसैबेला गायक तथा सर्जक राममणि फुयाँलको शब्द तथा सङ्गीतमा ‘झ्याइँ झ्याइँ बाजा’ बोलको निकै रमाइलो गीत सुजाता तिमल्सिनाले सार्वजनिक गरेकी छन् ।
राममणि फुयाँल र गायिका माण्डवी त्रिपाठीको आवाजमा रहेको यस गीतलाई सङ्गीतकार तथा एरेन्जर विपिन आचार्यले उत्कृष्ट म्युजिक एरेन्ज गरेका छन् । बिएम म्युजिक रेकर्डिङ स्टुडियोमा अडिओ रेकर्ड सम्पन्न भएको यस गीतको भिडिओ स्वयं विपिन आचार्यले निर्देशन गरेका हुन् भने भिडिओमा राममणि फुयाँल र अश्विनी शाहीलाई देख्न सकिन्छ । विजय रुम्बा लामाको छायाङ्कन, सम्पादन र कोरियोग्राफीमा तयार भएको यस भिडिओलाई माण्डवी त्रिपाठी युट्युब च्यानलमा हेर्न सकिन्छ ।














