प्रेम-समर्पण भावको ‘गालै बम पाउरोटी’ मा दुईजोडी प्रेमी

-तुलसी गिरी ‘भावुक’

बहुआयामिक सर्जक/कलाकार सीडी विजय अधिकारी र सुप्रसिद्ध गायिका मेलिना राईको स्वरमा रहेको प्रेम-समर्पण भावको गीत ‘गालै बम पाउरोटी’ को भिडिओ सार्वजनिक भएको छ । क्षितिज सापकोटाको शव्दरचना, सीडी विजय अधिकारीको सङ्गीत, पुष्कर खत्रीको सङ्गीत संयोजन, साजन साहको मिक्सिङ्/माष्टरिङ् तथा सीडी विजय अधिकारी र मेलिना राईको स्वरमा रहेको गीतको भिडिओ बिहीबार गीतकार सापकोटाकै युट्युब च्यानल Kshitiz Sapkota बाट डिजिटल बजारमा आएको हो ।

सन्तोष राजबाहकको कोरियोग्राफी एवं निर्देशनमा पोखराका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यस म्युजिक भिडिओमा सुधिर श्रेष्ठ, समिया कार्की, सीडी विजय अधिकारी र मिशेल घिमिरे गरी २ जोडी कलाकारले अभिनय गरेका छन् l भिडिओको छायाङ्कन उत्तम हुमागाईंले गरेका हुन् भने प्रवीण भट्टको सम्पादन रहेको छ l