‘पालाम’ विधामा गोमाले जितिन् ओप्सना म्युजिक एण्ड फिल्म अवार्ड

इलामकी चेली गोमा लिम्बू योङ्हाङ्ले दोस्रो नेशनल ओप्सना म्युजिक एण्ड फिल्म अवार्ड समारोहमा पालाम विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छिन् । अवार्ड कार्यक्रम विशिष्ट नाट्य तथा चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यतामा चाबहिलस्थित चलचित्र बिकाश बोर्डको हलमा सम्पन्न भएको थियो । गायिका गोमा लिम्बू योङ्हाङ्ले सागर केरुङको रचना, मनि तामलिङको भिडिओ निर्देशन र म्युजिक अरेन्ज रहेको ‘सुर्केपुङ’ पालामबाट सो अवार्ड जितेकी हुन् ।

समारोहमा राष्ट्रिय, लोक, देउडा, आधुनिक, पप, चलचित्र गीत, टेलिभिजन धारावाहिक लगायत कूल ३९ विधामा अवार्ड वितरण गरिएको थियो भने साहित्य, सङ्गीत, कला, खेलकुद, पत्रकारिता र समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।