‘मिष्टर नेपाल २०२५’ को उपाधिका लागि ३० युवा भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले देशका इटहरी, जनकपुर, हेटौंडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज, काठमाण्डौ सहित डिजिटल अडिसनबाट फाइनल प्रतियोगिताका लागि ३० प्रतियोगी छानिएको जानकारी दिएको हो ।
छानिएका प्रतियोगीमा कृष्ण कसुधम नेपालगञ्ज, इन्द्र ढुंगेल महेन्द्रनगर, रेजो नकुमार गौतम धनगढी, सन्देश गजुरेल नुवाकोट, निशान्त बुढायर कञ्चनपुर, कुशग्र गुप्ता नेपालगञ्ज, सत्यम पाठक काठमाडौं, निश्चल मानन्धर हेटौंडा, अजय रौनियार दुहबी सुनसरी, विजय स्याङ्तान मकवानपुर, असिम बस्नेत, गिरीश रत्न शाक्य भद्रपुर झापा, प्रणिप श्रेष्ठ काठमाडौं, अजय रिजाल धनगढी, सक्रिया घिसिङ तामाङ काठमाडौं, सन्दीप भारती काठमाडौं, एञ्जल गिरी धरान, आशिष गिरी अमेरिका, अष्टिन शेरचन ललितपुर, दर्पण सिंह गिरी पोखरा, दिनेश गुरुङ स्याङ्जा, हिमाञ्चल राज केसी ललितपुर, निशान कार्की विराटनगर, सबल कटुवाल उदयपुर, विशनजंग निरौला इटहरी, सुजल उपाध्याय भैरहवा, प्रकाश चौहान मोरङ, निशान्त केसी सुर्खेत, लक्ष्मण चन्द ठकुरी बैतडी र प्रभात थापा क्षेत्री नेपालगञ्जका रहेका छन् ।
सबै प्रतियोगी अब फाइनलका लागि अन्तिम तयारी कक्षामा स्वीमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षणमा जुट्नेछन् । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
देशैभरि छरिएर रहेका युवा प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना हुँदै आएको यस प्रतियोगितामा ‘मिष्टर वर्ल्ड नेपाल’, ‘मिष्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिने छ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिष्टर ग्लोवल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका छन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । यो पुरुषहरु सहभागी हुने नेपालकै ठुलो र प्रतिष्ठित प्रतियोगिता हो । प्रतियोगिता विगतको भन्दा अझ भव्य हुने आयोजकको दाबी छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सोल्टी होटलमा १२ सेब्टेम्बरमा आयोजना हुनेछ ।
