नेपाली साङ्गीतिक बजार सङ्गीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतका भिडिओहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा जन्मत सुवेदीको नयाँ गीत “ओई माया ओई” को भिडिओ सार्वजनिक भएको छ। यस गीतमा जन्मत सुवेदी र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने जन्मत सुवेदी र सङ्गीत़ा अधिकारीको शब्द, जन्मत सुवेदीकै सङ्गीत रहेको छ। गीतमा लक्षु प्रकाश मल्लको म्युजिक एरेञ्ज रहेको छ भने मनोज डंगोलले मिक्सिङ गरेका छन्।
भिडिओमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन, छायाङ्कन र सम्पादन, राजेश कुमारको रङ्ग सम्पादन र महेश शिबभक्तिको कस्टुम डिजाईन रहेको छ। यसैगरी भिडिओमा मञ्जिता केसी, सुजन सुर्खेती र सङ्गीत़ा अधिकारीको अभिनय रहेको छ। भिडिओ प्रकाश बराईली “अभिब्यक्ति” को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
