अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी’ को भिडिओ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं सङ्गीत, बाबुल गिरीको म्युजिक एरेञ्ज र बाबुलकै मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडिओ सार्वजनिक भएको हो । उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको सो गीतको भिडिओमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमाटोग्राफी, मीन रावलको दृश्य सम्पादन र विशाल कैनीको कोरियोग्राफी रहेको सो भिडिओ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको सो भिडिओ उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडिओ पस्केका छौँ, प्रतिक्रियाका साथसाथै सपोर्टको समेत अपेक्षा गर्दछौं’, आराध्यालक्ष्मीले भन्नुभयो । आराध्यालक्ष्मीले नेपाली चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाँले मह जोडी, धिरेन शाक्य लगायतसँग अभिनय गर्नुभएको छ । कोरियोग्राफीमा पनि कुशल आराध्यालक्ष्मी हालै ‘आमा आज पनि रुन्छिन्’मा अनुबन्धित हुनुभएको छ । उहाँले हालै अवार्ड पनि पाउनुभएको थियो । आराध्यालक्ष्मीले निर्देशन र कोरियोग्राफीमा वर्ल्ड बुक अफ रेकर्ड को प्रमाणपत्र पनि प्राप्त गर्नुभएको छ । उहाँले प्लेनभित्र गीतको विमोचन र प्याराग्लाइडिङमा विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
