-तुलसी गिरी ‘भावुक’
लोकप्रिय गायिका अस्मिता अधिकारी र प्रतिभाशाली उदियमान गायक सुरज गुप्ताको युगल स्वरमा रहेको गीत ‘पिलेन उडाउनी’ को भिडिओ लोकार्पण भएको छ l विश्वज्योति कम्प्लेक्स स्थित सिनेमा हलमा आयोजित एक कार्यक्रमबीच शुक्रबार सो प्रेमगीतको भिडिओ सार्वजनिक गरिएको हो l कार्यक्रमका प्रमुख अतिथि विशिष्ट सङ्गीतकार शम्भुजित बासकोटा र विशिष्ट गीतकार एस्पी कोईराला लगायतका अतिथिहरुले संयुक्त रुपमा सो म्युजिक भिडिओको लोकार्पण गरेका थिए l
गीत प्रसिद्ध सङ्गीतकर्मी नरहरि प्रेमीको रचना/सङ्गीतमा तयार भएको हो l गीतमा राकेश सोनीको सङ्गीत संयोजन रहेको छ भने श्यामश्वेत रसाईलीले मिक्सिङ्/माष्टरिङ् गरेका छन् l सञ्जय विश्वकर्माको कोरियोग्राफी र वुद्ध थापाको सिनेमाटोग्राफीमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा नाजिर हुसेन र स्मारिका ढकालले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l भिडिओमा राज कुमारको सम्पादन रहेको छ l नरहरि प्रेमी, डी. एन. गुप्ता लगायतका कलाकारहरुलाई सहायक भूमिकामा देख्न सकिन्छ l
भिडिओमा डी. एन. गुप्ता निर्माता तथा निर्मला देवी गुप्ता र सन्ध्या गुप्ता सह-निर्माताको रुपमा रहेका छन् l समारोहमा प्रमुख अथिति शम्भुजित बासकोटा लगायतका वक्ताहरुले नव गायक सुरज गुप्ताको गायनकलाको खुलेर प्रशंसा गर्दै सङ्गीत क्षेत्रमा उनको भविष्य उज्ज्वल रहेको विश्वास व्यक्त गरेका थिए l
