११ औं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न

छायाँछवि क्रियशनले नियमित रुपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ को ११ औं संस्करण सम्पन्न भएको छ । ११औं संस्करणमा उत्कृट मौलिक तीज गायिकातर्फ गम्किदे मादलु… बाट एलिना चौहानले बाजी मारेकी छिन् भने उत्कृष्ट तीज गीत गायिकामा हरदिन पूजा गर्छु म… बाट शोभा पाण्डे एवं यही विधामा जुरीतर्फ विन्दु बिसी अवार्ड चुम्न सफल भइन् । उत्कृष्ट मौलिक तीज गीतको लयतर्फ काली पसम कि डोरी कसम… गीतबाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गरे । यसै गीतबाट स्मारिका ढकालले मौलिक तीज गीत मोडलमा बाजी मारिन् भने तीजगीत मोडल (महिला) तर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल भइन् । साथै यसै विधामा तीजको उमङ्ग.. गीत बाट शीला गजुरेलले जुरी अवार्ड प्राप्त गरीन् ।

सो अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखि स्थापित  छायाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिएको छ । एघार हजार एक सय एघार रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छायाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडिओ कलाकार संघकी प्रथम अध्यक्ष अञ्जु निरौलाले प्राप्त गरीन् ।

त्यसैगरी मोडल सिम्रन दुलाल कुसुम, पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, वरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछवि तीज नारी सम्मानद्वारा सम्मानित गरिएको छ । यस किसिमको सम्मान आ–आफ्नो क्षेत्रमा उल्लेख्य योगदान दिए बापत प्रदान गरिएको कुरा आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । अवार्ड जुरीका रुपमा गीतकार कृष्णा आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोविन्द भट्ट एवं पत्रकार दीपज्योति थापा रहेका थिए । त्यस्तै कार्यक्रममा गायन तथा नृत्यको समेत प्रस्तुति रहेको थियो । गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठले गायन प्रस्तुति दिएका थिए भने मोडल अश्मिता पुरी र निकीशा श्रेष्ठ एवं सूर्यादय डान्स स्टूडियोको नृत्य प्रस्तुति रहेको थियो ।  कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन् । कार्यक्रममा रमेशमान श्रेष्ठको सेट डिजाइन, छिरिङ भुटियाको साउण्ड डिजाइन रहेको थियो ।

छायाँछविले आयोजना गरेको कार्यक्रमका अध्यक्ष शान्तिप्रिय एवं स्टेरीङ कमीटीमा माधवराज खरेल, श्रीदेब भट्टराई, गोकर्ण लामीछाने, कमला जोशी, भीम पौडेल, राजन थापा, दीपक थापा रहेका थिए । अवार्डको सल्लाहकार भुवन चन्द, बसुन्धरा भूषाल, चैत्यदेवी एवं देविका बन्दना रहेका थिए भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, लोक दोहोरी प्रतिष्ठानका पूर्ब अध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, गायिका देविका बन्दना, साहित्यकार दामोदर पुडासैनी, कलाकार उत्तम केसी, अभिनेत्री मोडल जेबिका कार्की, संस्कृतिकर्मी आर. सी. कोइराला, निर्देशक दीनेश कार्की, कलाकार गजित बिष्ट, मोडल मञ्जिता केसी सहित चलचित्रकर्मी एवं संगीतकर्मीको उपस्थिति रहेको थियो ।

 

अवार्ड बिजेताहरुः

उत्कृष्ट तीज गीत एरेञ्जर
विनय कार्की क्षेत्री – तिमी म नाचौं

उत्कृष्ट तीज गीत ध्वनि मिश्रण
प्रकाश मिश्र – उनकै नाममा

उत्कृष्ट तीज गीत छायाँकार
मुकेश हुमागाई – के लाई पीर लिन्छौ

उत्कृष्ट तिज गीत भिडीओ सम्पादक
वीरेन्द्र भाट ‘विपिन’ – रातो टिकैमा

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र वसेल – तीजको उमङ्ग

उत्कृष्ट तीज गीत भिडिओ निर्देशक
श्रीजन बराल – नाच मायाले

उत्कृष्ट तीज गीत मोडल (पुरुष)
राहुल श्रेष्ठ – हवाइजहाज चडेर

उत्कृष्ट तीज गीत मोडल (महिला)
कविता न्यौपाने – नाच मायाले
शिला गजुरेल – तीजको उमङ्ग (जुरी)

मौलिक तीज गीत मोडल
स्मारिका ढकाल – काली पसम कि

उत्कृष्ट तीज दोहोरी गीत गायक
राजेश बर्देवा – नाच छम्म छम्म

उत्कृष्ट तीज दोहोरी गीत गायिका
अञ्जना सरु – तिमी म नाचौं

उत्कृष्ट तीज गीत शब्द
सुमन बैरागी पण्डित – आएन परदेशी

उत्कृष्ट मौलीक तीज गीत शब्द
लोकराज अधिकारी – गम्कीदे मादलु

उत्कृष्ट तीज गीत लय
शुकदेव अधिकारी – नाच मायाले

उत्कृष्ट मौलिक तीज गीत लय
प्रेम सापकोटा सानु – काली पसम कि

उत्कृष्ट तीज गीत नव–गायिका
संजीता खड्का – बालेनको शहर

उत्कृष्ट तीज गीत गायिका
शोभा पाण्डे – हरदिन पूजा गर्छु
विन्दु बिसी – रातो टिकैमा (जुरी)

उत्कृष्ट मौलिक तीज गीत गायिका
एलिना चौहान – गम्कीदे मादलु