गणेश प्रधान र समीक्षा अधिकारीको आवाजमा ‘तिम्रो कर्के नजर’

गणेश प्रधान र समीक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘तिम्रो कर्के नजर’ को भिडिओ सार्वजनिक भएको छ । सौगात जङ्ग थापाको शब्द तथा सङ्गीतमा रहेको यस गीतको म्युजिक एरेन्ज विशाल निरौलाले गरेका हुन् भने रन्जन राईले मिक्सिङ/ मास्टरिङ गरेका छन् l

युवराज खत्रीको निर्देशनमा निर्माण भएको भएको यस भिडिओमा प्रबिन थापाले कोरियोग्राफी र राजेश घिमिरेले छायाङ्कन गरेका छन् । भिडिओमा चर्चित मोडेल तथा नायक आयुब केसी, स्मारिका ढकाल, प्रनिमा दाहाल र सुरेश कोहलीको अभिनय रहेको छ । भिडिओ G media connection youtube channel मा हेर्न सकिन्छ l