–तुलसी गिरी ‘भावुक’
नेशनल सिल्भर अवार्ड २०२२ सम्पन्न भएको छ । प्रियसी म्युजिक प्रा.लि. को आयोजनामा नेशनल सिल्भर अवार्ड २०२२ राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको हो । अवार्डको निर्णायकको भूमिकामा चर्चित भिडिओ सम्पादक निशान घिमिरे र निर्देशक बबिता श्रेष्ठ रहेका थिए । कार्यक्रममा वरिष्ठ गीतकार एवं कला पत्रकार शान्तिप्रिय र गायक यम बराललाई संगीत रजत सम्मान प्रदान गरिएको थियो भने दशकको चलचित्र सम्मानबाट नायक श्रीदेव भट्टराई र हाँस्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ सम्मानित भएका छन् । समारोहमा संगीतकार/गायक पूर्ण परियार, राजनीतिज्ञ/समाजसेवी मदन श्रेष्ठ, समाजसेवी सीता राई र कृष्ण बहादुर होना, निर्माता एवं समाजसेवी सुशिलचन्द्र घिमिरे, शिक्षासेवी गंगा कुमारी निरौला, मोडल सोनितराज ढुङ्गेल र संजीव ठकुरी साथै कलाकार कृष्ण साहुखललाई समेत सम्मान गरिएको थियो l
कार्यक्रममा वरिष्ठ चलचित्र लेखक/निर्देशक एवं परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, वायु सेवा संचालक संघका प्रवक्ता एवं नामी कलेजका निर्देशक, सिम्रिक एयरलाईन्सका प्रमुख योगराज कंडेल शर्मा, आई सेक्यूरिटी विशेषज्ञ तथा समाजसेवी सुवास न्यौपाने, वरिष्ठ समाजसेवी गोपाल न्यौपाने, वरिष्ठ गीतकार भरत बम्जन, वरिष्ठ कलाकार सुभाष गजुरेल, गायक तथा सङ्गीतकार सरोज कोईराला, समाजसेवी राजन थापा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
समारोहमा गायक सीताराम पोखरेल, संगीतकार (आधुनिक ) कृति न्यौपाने, चलचित्र निर्देशक माधवराज खरेल, संचारकर्मी राजेन्द्र लुईटेल, सामाजिक अभियन्ता राधा भण्डारी, चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई, सामाजिक अभियन्ता रन्जिता गुरुङ, गायक (पब्लिक च्वाईस) रामकृष्ण श्रेष्ठ, गायक (काँठे) रामबहादुर मगर, गायक (पपुलर) सन्तोष गिरी, पप-आधुनिक गायक कृष्ण भट्टराई, नवमोडल लिलाराज बानिया, पप गायक म्याक्स नेपाल, भिडिओ निर्देशक मिलन श्रेष्ठ, भिडिओ सम्पादक मिन रावल, एरेन्जर नारायण दंगाल, काँठे गायिका कमला गौतम, मोडल भुवन चौलागाई, काँठेगीत मोडल भिम खड्का, नवमोडल आधुनिक विनिता कुमारी ताजपुरिया, गीतकार आधुनिक भुवन पौडेल, मोडल लोकगीत दिपाशा विसी, नवगीतकार लोकगीत सुनिल परियार, गायिका आधुनिक सुजाता केसी, एल्बम लोकगीत सुमी पुरी, गायक आधुनिक शैलेन्द्र मुडभरी र भिडिओ निर्देशक लोकपप सनम पाख्रिनले अवार्ड प्राप्त गरेका थिए l कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपेन्द्र श्रेष्ठ प्रमुख अतिथिमा रहेका थिए l
