चलचित्र ‘वद्रि बहादुर’को गत शुक्रबार ११ गतेबाट काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजा गरेर छायाङ्कन सुरु गरिएको छ भने लमजुङमा छायाङ्कन गर्नको लागि युनिट शुक्रबार नै त्यता लागेको छ । चलचित्र शोभित बस्नेतले निर्देशन गरिरहेका छन् l
लमजुङमा केही दिनको छायाङ्कन सम्पन्न गरी काठमाडौं, धरान र संखुवासभामा करिब २ महिना छायाङ्कन गरिने कुरा थाहा भएको छ । एबि पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रमा रवि अधिकारी, विजयगोपाल दली र मिथुन भोटेको लगानी रहने छ ।
हास्यप्रधान कथामा बन्दै गरेको यस चलचित्रमा छुल्ठिम गुरुङ, जय किसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी,उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । यस चलचित्रबाट राजिबजंग बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन् । चलचित्रमा पूजा शर्मा र सलोन बस्नेतको विशेष भूमिका रहने बताईएको छ ।
चलचित्रमा रामकाजी घिमिरेको लेखन, शिव बिकको नृत्य निर्देशन, टंक बुढाथोकी र उजन नेम्वाङको सङ्गीत, शंकर महर्जनको द्वन्द्व निर्देशन, टंक बुढाथोकी र उजन नेम्वाङको सङ्गीत, विनोद सापकोटाको छायाङकन तथा समिर मियाको सम्पादन रहने थाहा भएको छ ।