-सानु श्रेष्ठ
लोकप्रिय गायक खेम सेन्चुरी र गायिका सपना रोकाको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘कति राम्री’ को भिडिओ सार्वजनिक भएको छ। उक्त गीत सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा रमेश परियारको शब्द तथा नवीन परियारको सङ्गीत रहेको छ। सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबिएन किस्मतले गरेका छन् भने रेकर्डिङ रूपमा राज खड्काले गरेका हुन् ।
भिडिओमा चर्चित अभिनेता पल शाह र मोडल साद्रिना ठकुरीको आकर्षक नृत्य तथा रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडिओको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले र छायाङ्कन बुद्ध थापाले गरेका छन् भने सम्पादन, कलर तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन्।
रोमान्टिक भावनामा आधारित ‘कति राम्री’ गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीतको शब्द, सङ्गीत र भिडिओ प्रस्तुतिले प्रेमभावलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको देखिन्छ।












