– गीता अधिकारी
हरि मञ्जुश्रीद्वारा सङ्गीतबद्ध २७ औँ गान ‘म देश यो उठाउँछु’ को म्युजिक भिडिओ फागुन २४ गते सार्वजनिक गरियो । रश्मि हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीको स्वर रहेको उक्त गीतको लेखन रश्मि हुमागाईं र सम्पादन इ. रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको हो । अतिथिका रूपबाट लेखक तथा चिकित्सक डा. छत्रपति दाहालले ‘म देश यो उठाउँछु’ को म्युजिक भिडिओ सार्वजनिक गर्नुभएको हो ।
गानका बारेमा गायक इ. रोशन मञ्जुश्री अधिकारीले जानकारी गराउनुभएको थियो । उक्त म्युजिक भिडिओ शब्दयात्रा प्रकाशनले उत्पादन गरेको हो । कार्यक्रम शब्दयात्रा प्रकाशनको आयोजनामा प्रकाशनकै सभाकक्षमा भएको थियो । कार्यक्रममा कला, सङ्गीत, साहित्य र पत्रकारिता क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।













