-कृष्ण पाण्डे
‘लम्जुङ्गे बाजा’ बोल रहेको पन्चेबाजा गीतको भिडिओ सार्वजनिक भएको छ । उक्त गीतको छायाङ्कन लम्जुङकै रमणीय र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरुमा गरिएको हो । गायक रमेश परियार र शान्ति सुनारको सुमधुर स्वर रहेको यस गीतमा मोडल सुनिल न्यौपाने र रीना गुरुङको अभिनयले प्रेम परम्परा र सांस्कृतिक प्रचलनलाई जीवन्त बनाएको छ ।
बिशाल थापाको छायाङ्कन, अर्जुन बिसिको कोरियोग्राफ्री र बिभोर पोख्रेलको सम्पादन रहेको यो म्युजिक भिडिओ दिलिप समनले निर्देशन गरेका हुन् । भिडिओ समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।














