-सुभाष श्रेष्ठ प्रधान
युवा पुस्ताको ढुकढुकी र सर्वाधिक मन पराइएकी गायिका प्राश्ना शाक्य जसको स्वरमा जादु छ । “बादल वर्षा बिजुली ” गीतले सबै दर्शक र श्रोताको मन जितेको छ, जसका आवाज देऊ , गाउँले जीवन लगायतका थुप्रै सुपरहिट गीतहरू छन्। गायिका प्राश्ना शाक्यले आफ्ना फ्यानहरूलाई खुसी बनाउन ” प्रेम दिवस”को उपलक्ष्यमा ” प्रियतम” नामक म्युजिक भिडियो सार्वजनिक गरिन्।
गायिका प्राश्नालाई नेपाली सांगीतिक क्षेत्रकी ” द नाईटिङल भइस” पनि भन्ने गरिन्छ। सानै उमेरदेखि नेपाली गीत संगीतमा रुचि राख्ने उनले आफ्नो सांगीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छिन्। म्युजिक भिडियोमा मोडल सुदित र श्रीतिकाको एकअर्काप्रतिको प्रेम समर्पण देखाइएको छ l
निर्वाण केरुङ्गको शब्द र संगीत , उदयराज पौडेलको संगीत संयोजन, किशोर थापाको मास्टर मिक्सिङ रहेको छ। गीतको भिडियो छायांकन तथा सम्पादन र निर्देशन स्वयं लुःजः सिंहले गरेका हुन् l प्रियतम म्युजिक भिडियो गायिका प्राश्ना शाक्यको युट्युब च्यानलमा राखिएको छ l














