नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गुल्मीको सिमलटारी जन्मेका गायक झविन्द्र पौडेलको नयाँ गीत “छल्दी र पनाह” सार्वजनिक भएको छ।
यस गीतले छोटो समयमा नै दर्शकहरुका मन जित्दै गईरहेको छ। छल्दी र पनाह नामक गीतमा झबिन्द्र पौडेल र शान्तीश्री परियारको स्वर रहेको छ भने बरिष्ठ गायक एबं सर्जक बिमलराज क्षत्रीको शब्द, संगीत रहेको छ।
सो गीतमा सुनिल क्षत्रीको कथा, निर्देशन रहेको छ भने अभि र रितेशको कोरियोग्राफी, राजेश घिमिरे र नवराज उप्रेतीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ। “छल्दी र पनाह” नामक गीतलाई बिमलराज क्षत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।














