-सानु श्रेष्ठ
भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका गोलु डी र खुशी कक्कडको स्वरमा ‘कमर धके झूल…’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द, गजेन्द्र जी, संगीत विराज जी, संगीत संगोजन गोलु जी, रेकर्डिङ अभिषेक विश्वकर्माको रहेको छ ।
सप्तरंगी फिल्मको ब्यानरका लागि एम.डी. हुसेन मिर्नाता रहेको रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र मेनुका माँझीको अभिनय रहेको छ । भिडियोमा कोरियोग्राफर पवित्रा आचार्य, छायाँकार महाफुज अन्सारी, मेकअप आरोही श्रेष्ठ, सम्पादक सुवास देवकोटा, उत्पादन मुन्ना रिजवी निर्देशक रमेश बोगटीको रहेको छ ।














