देवीप्रार्थना सार्वजनिक

– गीता अधिकारी

शब्दयात्रा प्रकाशनद्वारा उत्पादित २७ औँ साङ्गीतिक उपहारका रूपमा ‘देवीप्रार्थना’ नामक भजन सार्वजनिक गरिएको छ । हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध उक्त भजन शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज माघ १६ गते शुक्रबार आयोजित समारोहमा गायक वसन्त कुइकेलले सार्वजनिक गर्नुभएको हो ।

भजनमा वसन्त कुइकेलको स्वर, मच्छेश्वर सापकोटाको सुपरिवेक्षण, बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन र इ. रोशन मञ्जुश्री अधिकारीको सम्पादन रहेको छ ।