प्रेमिल जोडीहरुको कथामा आधारित म्युजिक भिडिओ ‘उनीको स्विटर’

नेपाली साङ्गीतिक बजार सङ्गीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पृथक गीत ‘उनीको स्विटर’ को भिडिओ सार्वजनिक भएको छ। गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको छ।

यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली अभिब्यक्ति” को शब्द, गायक तथा सङ्गीतकार रमेश बिक्रम रत्नको सङ्गीत, रमेश सेञ्चुरीको म्युजिक एरेञ्ज र मनोज डंगोलको मिक्सिङ रहेको छ। भिडिओमा प्रकाश बराईली ‘अभिब्यक्ति’ को निर्देशन, छायाङ्कन र सम्पादन रहेको छ भने रबिन बिकको रङ्ग सम्पादन रहेको छ।

यस गीतको भिडिओमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिब पराजुली आदिको अभिनय रहेको छ। उनीको स्विटर नामक यो गीत तथा भिडिओ Prakash Baraili “Avibekti” युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।