निर्देशक सुब्बाको ‘युप्पारुङ बाँधेर’ सार्वजनिक

-सानु श्रेष्ठ 

पूर्वेली शैलीको गीत ‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडिओ सार्वजनिक भएको छ । जेपिजे इन्टरटेनमेन्टको लागि किशोर सुब्बा निर्माता रहेको यस गीतका रचनाकार विवश वेनाम हुन् भने सुनिता थेगिम र मनि ताम्लिङले स्वर भरेका छन् । यसमा सङ्गीत र म्युजिक एरेन्ज पनि मनि ताम्लिङकै रहेको छ । हेल्लो अमेरिका टिम, न्युयोर्कको प्रस्तुति रहेको यो लिरिकल भिडिओको ग्राफिक्स ओपेरा ईन्टरटेनमेन्टमा भएको हो ।