शितल शर्माको ‘मन परेको कान्छु’ सार्वजनिक

-सानु श्रेष्ठ 

लोकप्रिय गायिका शितल शर्माले लामो समयपछि आफ्‌ना शुभचिन्तक श्रोता, दर्शकका लागि ‘मन परेको कान्छु’ ल्याउनु भएको छ । शितल शर्मा र हरि गिरीको स्वर रहेको यस गीतमा शब्द/सङ्गीत हरि गिरी बिमर्शीकै रहेको छ ।

सुशील रेग्मी, स्मरिका ढकाल लगायतको अभिनय रहेको यस गीतको भिडिओमा शृङ्गार सरिता प्रजापतीको, कोरियोग्राफी/निर्देशन मौसम हिमालीको, छायाङ्कन नवराज उप्रेतीको र सम्पादन मनोज कार्कीको रहेको छ ।