-सानु श्रेष्ठ
पर्यटकीय नगरी सौराहका कलाप्रेमी युवा समूहको सक्रियतामा चलचित्र ‘तुरुपको दु का’ निर्माण हुने भएको छ । शनिबार चितवनको रत्ननगर नपा ८ मा रहेको चित्रसारी मन्दिरमा चलचित्रको शुभमूर्हतसंगै निर्माण घोषणा भएको हो ।
समसामयिक कथावस्तुमा आधारित चलचित्र ‘तुरुपको दु का’ मा चर्चित मोडल देव महतो, स्वस्तिका चौधरी, अजय चौधरी, बिकिस्मा चौधरी लगायतको अभिनय रहने छ । बराली प्रोडक्शन व्यानरमा निर्माण हुने ‘तुरुपको दु का’मा हिरा चौधरीको निर्देशन रहने छ भने चितवन वरिपरि र मकवानपुरको विभिन्न रमणीय स्थानमा छायाङ्कन हुने निर्देशक चौधरीले बताएका छन् ।














