छैटौं जिनियश म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न, मिरा राणालाई दीर्घ साधना सम्मान

नेपाली सङ्गीत, कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि.द्वारा आयोजित “छैटौं जिनियस म्युजिक अवार्ड–२०८१ एण्ड जिनियस अचिभमेन्ट अवार्ड–२०२५” तथा जिनियस लोक नृत्य प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको समारोहमा कार्यक्रममा अग्रज गायिका मीरा राणालाई दिर्घ साधना सम्मान प्रदान गरियो भने पत्रकार सम्मान अन्तर्गत रामजी बगाले, तुलसी गिरी ‘भावुक’, चन्द्रमणी गौतम, सुरेन कुंवर र अक्कल कुंवरलाई सम्मान गरियो ।

जिनियस अचिभमेन्ट अवार्ड–२०२५ का रूपमा समाजसेवी तथा अभियन्ता राममणी न्यौपाने, युवा व्यवसायी लोकनाथ भट्ट र वरिष्ठ गीतकार डा. कृष्णहरी बराललाई सम्मान गरिएको थियो । जिनियस अचिभमेन्ट सम्मान –२०२५ मार्फत देबेन्द्र शाही (समाजसेवी/व्यवसायी) , बसन्त घिमिरे (किर्तिमानी धावक), प्रदिप अर्याल (व्यवसायी), रोशन कुमार श्रेष्ठ (समाजसेवी/व्यवसायी), रुद्रबहादुर नेपाल  (समाजसेवी/व्यवसायी) , जुनु घिमिरे, प्रकाश कुमार श्रेष्ठ (समाजसेवी/व्यवसायी), जयराम तिमील्सिना (साहित्यकार), दिपा श्रेष्ठ (समाजसेवी/व्यवसायी),लगायतका व्यक्तिहरू सम्मानित भएका छन् ।

त्यसैगरी स्रष्टा सम्मान र विशेष सम्मान अन्तर्गत सोनाम पाख्रिन (निर्देशक), शोभा त्रिपाठी (गायिका), प्रोसेस पाण्डे (प्रतिभा सम्मान), अश्विनी कान्त झा (इभेन्ट डाइरेक्टर), दिपीका बलामी (प्रतिभा सम्मान), सन्दिप भुजेल (नृत्य निर्देशक), टेकराज पाण्डे र अप्सना नेवा हायु (श्रृंगार), जितेन तामाङ (संगीतकार/समाजसेवी), ईश्वर गुरुङ (संगीत व्यवसायी), जितेन्द्र महर्जन, सुरज पौडेल (समाजसेवी), बिजेता परियार (नव कलाकार) लगायतका व्यक्तिहरू सम्मानित भएका छन्।

कार्यक्रममा सारिका घिमिरे, चेतन राई, बिनोद ढकाल लगयतको गायन प्रस्तुती र विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेको समुहिक लोक नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध गरेको थियो । जिनियस म्युजिक अवार्ड–२०८१ का निर्णायक मण्डलमा वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल, गीतकार तथा साहित्यकार पुरु लम्साल, संगीतकार गैरे सुरेश, संगीतकार दिपक शर्मा, गायक रमेश पाठक, निर्देशक माधव खरेल, कोरियोग्राफर केशब कोईराला, गायिका मञ्जु लावती, संगीतकार बिनोद पछाई र गीतकार गोबिन्द भट्ट रहेका थिए । त्यस्तै जिनियस लोक नृत्य प्रतियोगिता–२०८२ का निर्णायकमा वरिष्ठ नृत्य निर्देशक कमल राई, नृत्य निर्देशक जोगेन्द्र केसी र आर.सी. कोईराला रहेका थिए ।

जिनियस म्युजिक अवार्ड–२०८१ अन्तर्गत विभिन्न विधामा उत्कृष्ट ठहरिएका कलाकारहरूलाई सम्मान गरिएको थियो । सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीततर्फ खेमनाथ दाहाल, चलचित्र श्रेणीमा सर्वोत्कृष्ट गीत “यो मन त मेरो नेपाली हो”, सर्वोत्कृष्ट गीतकार (चलचित्र) श्रवण मुकारुङ, सर्वोत्कृष्ट संगीतकार (चलचित्र) अर्जुन पोखरेल, सर्वोत्कृष्ट गायिका (चलचित्र) इन्द्रकला राई, सर्वोत्कृष्ट गीतकार (आधुनिक) रोशनी तारा बज्राचार्य, सर्वोत्कृष्ट गीतकार (डायस्पोरा) दीपेन्द्र खड्का, सर्वोत्कृष्ट संगीतकार (लोक÷पप) प्रमोद पन्त, सर्वोत्कृष्ट संगीतकार (आधुनिक) जीवन शर्मा, सर्वोत्कृष्ट गायक (आधुनिक) महेश शिल्पाकार, सर्वोत्कृष्ट संगीत संयोजन रिकेश गुरुङ किज, सर्वोत्कृष्ट ध्वनी मिश्रण साजन शाह, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (पप÷आधुनिक) देवेन्द्र पाण्डे, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (आधुनिक) सन्तोष लामा, सर्वोत्कृष्ट महिला मोडल (पप÷आधुनिक) बिना राउत, सर्वोत्कृष्ट पुरुष मोडल (पप÷आधुनिक) रमेश विश्वकर्मा, सर्वोत्कृष्ट संगीतकार (पप÷आधुनिक) योगेश काजी शाह, सर्वोत्कृष्ट गायक राज सिग्देल, सर्वोत्कृष्ट गायिका रचना रिमाल, सर्वोत्कृष्ट गायक (लोक पप) शिव कैलाश, सर्वोत्कृष्ट गायिका (लोक) सरिता भारती, सर्वोत्कृष्ट नव मोडल (पप) मुकेश गुरुङ, सर्वोत्कृष्ट पुरुष मोडल दुर्गेश थापा, सर्वोत्कृष्ट महिला मोडल प्रियंका कार्की, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकन हरी हुमागाई, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन पवन सुस्लिङ, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक माधव शर्मा, सर्वोत्कृष्ट लय सङ्कलक (लोक÷दोहोरी) बसन्त थापा, सर्वोत्कृष्ट गायक (लोक÷दोहोरी) अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका (लोक÷दोहोरी) पूर्णकला बी.सी., सर्वोत्कृष्ट नव गायक (लोक÷दोहोरी) श्रीराम पौडेल, सर्वोत्कृष्ट नव गायिका (लोक÷दोहोरी) रिया खत्री, सर्वोत्कृष्ट गायक (पप) सी.डी. विजय अधिकारी, सर्वोत्कृष्ट गायिका (पप) ममता गुरुङ, सर्वोत्कृष्ट महिला मोडल (लोक÷दोहोरी) अस्मिता रनपाल, सर्वोत्कृष्ट म्युजिक भिडियो नृत्य निर्देशक सन्तोष राजवाहक, सर्वोत्कृष्ट गायक (नेवारी गीत) ईश्वर मागिया, सर्वोत्कृष्ट तीज गीत “ढल्काएर छड्के तिलहरी”, सर्वोत्कृष्ट नव गायक (लोक÷दोहोरी) (जुरी) सञ्जय देवकोटा, सर्वोत्कृष्ट गायिका (तीज गीत) मञ्जु थापा, पब्लिक च्वाइस अवार्ड “दुश्मन हेरेको हेरै” का लागि दुर्गेश थापा, पब्लिक फेस अवार्ड उमर खान, सर्वोत्कृष्ट गायक (तामाङ सेलो) हवल लामा, सर्वोत्कृष्ट नव मोडल (पप÷आधुनिक) ध्रुव जी.सी., सर्वोत्कृष्ट नव गायिका (पप÷आधुनिक) स्मिता बोहोरा र पब्लिक च्वाइस अवार्ड (जुरी) “गुन भुल्यौ” – सारिका घिमिरेले प्राप्त गरे । त्यसैगरी जिनियस लोक नृत्य प्रतियोगिता अन्तर्गत विभिन्न विद्यालयका समूहले आकर्षक प्रस्तुति दिएका थिए।

प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडेमी पहिलो,तिरुपति इङ्लिस स्कूल दोस्रो, मानसिधार्थ इङ्लिस स्कूल तेस्रो,र टाइमलाइन स्कूल चौथो स्थानमा रहेका थिए। विविध सांस्कृतिक लोक नृत्यका प्रस्तुतीहरूले कार्यक्रमलाई अझ रङीन र मनोरञ्जनपूर्ण बनाएको थियो। कार्यक्रममा उपस्थित कलाकार, विद्यार्थी, अभिभावक र दर्शकहरूले जिनियस म्युजिक अवार्डलाई नेपाली संगीत, नृत्य र प्रतिभा प्रदर्शनको उत्कृष्ट मञ्चका रूपमा प्रशंसा गरेका छन्।

कार्यक्रममा संगीत, नृत्य र सम्मानको समिश्रणले नेपाली सांगीतिक क्षेत्रको विविधता, सिर्जनशीलता र मौलिक पहिचानलाई उजागर गरेको आयोजकले जनाएको छ । जिनियस म्युजिक अवार्ड नेपाली कला, संस्कृति र मौलिक संगीतको संरक्षण, प्रवर्द्धन र प्रोत्साहनका लागि निरन्तर आयोजित हुँदै आएको प्रतिष्ठित मञ्च हो । आयोजक संस्थाले आगामी वर्षहरूमा अझ व्यापक रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाकार र सिर्जनाको पहिचान स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ ।  कार्यक्रमको सञ्चालन गोपाल ढकाल ‘छन्दे’ ले गर्नुभएको थियो।