लोकप्रिय भर्सटाईल गायिका रिता केसीको स्वरमा रहेको गजल ‘म हराएकी हुँ’ को भिडिओ सार्वजनिक भएको छ । गायिका के.सी. कै आधिकारिक युट्युब च्यानल Rita K.C. बाट शुक्रबार भिडिओ डिजिटल बजारमा आएको हो । कपिल अञ्जानको शव्द र राजेन्द्र बजगाईंको सङ्गीत रहेको यो गजल वि^योगात भावमा रहेको छ । मायाको बदलामा आँसु पिउनु परेको पी^डा गजलमा पोखिएको छ । गायिका रिताले भावको गहिराईमा डुबेर गाएकी छिन् । यस्तो लाग्छ, उनी आफ्नै वास्तविक पी^डा पोखिरहेकी छिन् ।
राम कुमार के. सी. को निर्देशन एवं सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादनमा तयार भएको यो भिडिओ Limelight Nepal को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।














