बबिताको निर्देशनमा ‘निधार खाली भो’

-सानु श्रेष्ठ 

सक्रीय रुपमा उत्कृष्ट भिडिओ निर्माण, निर्देशन गर्दै आईरहेकी निर्देशक बबिता श्रेष्ठ ‘मलेकु’ले तिहार लक्षित गीत ‘निधार खाली भो’को भिडिओ सार्वजनिक गरेकी छिन् । तिहारको बेला आफ्ना दाजुभाइ परदेशबाट नफर्किंदा घरमा प्रतीक्षामा बसेकी चेलीको अगाडि एक्कासी बाकसमा लास आइपुग्दाको पिडालाई मर्मस्पर्शी ढङ्गले भिडिओमा प्रस्तुत गरिएको छ । जसमा बिमल अधिकारी, बिना राउत, कमल ताम्राकार, लक्ष्मी भण्डारी, नव थापा लगायतका कलाकारले जीवन्त अभिनय गरेका छन् ।

दिनेश सुवेदीको शब्द, कमल घले र जुनु प्रसाईको स्वर, सन्तोष प्रगाढको सङ्गीत रहेको यस गीतको भिडिओमा पोष्टर राजेन्द्र पुरी, सम्पादन विकास दाहाल, छायाङ्कन मुकेश हुमागाई टिमको रहेको छ । आफ्ना अघिल्ला भिडिओहरुलाई जस्तै यो पछिल्लो सिर्जनालाई पनि दर्शक, श्रोताहरुले मनपराई दिने कुरामा आफू विश्वस्त रहेको निर्देशक बबिता श्रेष्ठले बताएकी छिन् ।