गीतकार नारायण खतिवडाको शब्दरचना, शिलाबहादुर मोक्तानको सङ्गीत तथा कुन्ती मोक्तानको स्वर रहेको भजन गीत ‘खुशी’ को भिडिओ नमस्ते नेपाल डिजिटल स्टूडियो युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा मानिसहरू खुशी हुनको लागि आफूले आत्मचिन्तन गर्नुपर्ने भाव रहेको छ । त्यसको सजिलो बाटो भगवानप्रतिको चिन्तनले सम्भव हुने बताईएको छ । तर भगवानप्रति विश्वास नगर्नेले भने आत्मचिन्तनबाटै आन्तरिक रुपमा खुशी हुन सकिने भाव समेत समेटिएको छ ।
आजभोलिको भागदौड, व्यस्तता तथा भौतिकवादी चिन्तनबाट भौतिक सुख पाए पनि मानिस सुखी र खुशी बन्न सकेको छैन । त्यसका लागि भौतिक सुखका साथै आध्यात्मिक चिन्तनवीचको सन्तुलन हुनुपर्ने गीतको भाव रहेको छ ।
यस सन्देशमूलक भजन गीतमा कलाकार अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय रहेको छ । गीतको भिडिओको कोरियोग्राफी सन्तोष मगर र ईश्वर राईले गरेका हुन् भने दृष्य सम्पादन सनम तामाङको रहेको छ । गीतकार खतिवडाका ‘सम्झनाका पाइलाहरू’, ‘बहार’ जस्ता गीति पुस्तक प्रकाशन भएका छन् भने धेरै गीत र भिडिओ पनि आईसकेका छन् । सार्वजनिक भएको भिडिओको निर्देशन गीतकार खतिवडा आफैंले गरेका हुन् ।
