-सानु श्रेष्ठ
विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको सङ्गीत तथा सुरेश लामा र सुष्मा थापाको स्वर रहेको रोमान्टिक शैलीको आधुनिक गीत ‘तिमीसंग’ को भिडिओ सार्वजनिक भएको छ । लोकप्रिय मोडल सराज गराच र चर्चित नायिका तेजुला खतिवडाको अभिनय रहेको यस भिडिओमा छायाङ्कन उत्सव दाहालको र सम्पादन विकास दाहालको रहेको छ भने निर्माता सुदिप अधिकारी हुन् । भिडिओ सोनम पाख्रिनको निर्देशनमा छायाङ्कन भएको हो ।
