-सुभाष श्रेष्ठ प्रधान
बडादसैं र तिहारको उपलक्ष्यमा लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टले दसैं तिहार अनलाइन नृत्य प्रतियोगिताको घोषणा गरेको छ । यस संस्थाले विगतमा विभिन्न सौन्दर्य प्रतियोगिताहरू पनि आयोजन गर्दै आइरहेको छ। संस्थाकी अध्यक्ष पूजा रेग्मी महन्त भन्छिन् – ‘बालबालिकाहरूमा मित्रता भाव र आफ्नो संस्कृतिको पहिचान गराउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’
यस नृत्य प्रतियोगितामा ६ वर्षदेखि १७ वर्षको उमेरसम्मका बालबालिकाले भाग लिन सक्नेछन् । २:३० मिनेटको दसैं तिहार विशेष नृत्य गरेर पठाउन सकिनेछ। पहिलो हुनेलाई नगद पुरस्कार रु.१५,०००/-, दोस्रो हुनेलाई नगद पुरस्कार रु. १०,०००/- र तेस्रो हुनेलाई नगद पुरस्कार रु. ५,०००/- साथै सोसल मिडिया पपुलर अवार्ड पनि वितरण गरिनेछ। नि:शुल्क रुपमा यस प्रतियोगितामा भाग लिन सकिन्छ । उत्कृष्ट दसैं तिहार नृत्यहरूलाई ग्रान्ड फिनालेमा प्रस्तुत गरिनेछ।
