सुप्रसिद्ध सर्जक राजकुमार ब^गरले आफ्नै सङ्गीत र स्वर रहेको गीत ‘परदेशीको कहानी’ को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् । गीतकार प्रेम सङ्गमले रचना गरेको यस गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ । भिडिओ Pratiksha Sijapati युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो ।
सङ्गीत क्षेत्रमा गीतकार र सङ्गीतकारको रुपमा प्रसिद्धि कमाएका भए पनि सर्जक/कलाकार राजकुमार गायन विधामा पनि उत्तिकै अब्बल मानिन्छन् । नेपाली समाजको घर घरको कथा-व्यथा बोकेको यस गीतमा परदेशमा भएको एक युवकले आफ्नो देश, गाउँबेँसी र परिवारलाई सम्झिएर व्यक्त गरेका पि^डाहरु पोखिएका छन् ।
