गायिका पेमा शेर्पाको ‘छम्म छम्म नाच्ने हो’

-सानु श्रेष्ठ 

गायक कलाकारहरुले एकपछि अर्को तिज गीतका भिडिओ डिजिटल बजारमा पस्कने क्रममा गायिका पेमा शेर्पा राईले ‘छम्म छम्म नाच्ने हो कम्मर भाँच्ने हो’ को भिडिओ सार्वजनिक गरेकी छिन् । गायिका शेर्पालाई निशा राई र पवित्रा गुरुङले कोरस स्वरमा साथ दिएका छन् भने शब्द श्यामकुमार बानियाँको, सङ्गीत ओम प्रकाश राईको रहेको छ ।

सञ्जु मोक्तान, मन्दिरा शिवाकोटी, अमिषा रिसाल, अनिता केसी, दुर्गा घिमिरे, कल्पना मगर, दिप्ती महत, कञ्चन गुरुङ, मञ्जिला शिव, अब्जिला चौधरी, राज रुम्बा, अन्जल शाह आदि कलाकारहरुको अभिनय र नृत्य रहेको ‘छम्म छम्म नाच्ने हो कम्मर भाँच्ने हो’ को भिडिओमा छायाङ्कन अरुण न्यौपानेको, सम्पादन ओम प्रसाईको एवं कोरियोग्राफी नवराज बस्नेतको र निर्देशन ओमप्रकाश राईको रहेको छ ।