गायिका शिलु भट्टराईको ‘यही हो मेरो थुतुनो’ तिज गीत सार्वजनिक

-सानु श्रेष्ठ 

हिन्दु नारीहरुको महान चाड तिज नजिकिँदै गर्दा बजारमा थुप्रै तिज गीतका भिडिओहरु आईरहेका छन् । यसै क्रममा गायिका शिलु भट्टराईको ‘यही हो मेरो थुतुनो’ बोलको तिज गीत सार्वजनिक भएको छ । बाबुराम बिश्वकर्माको शब्द र खुमन अधिकारीको लय सिर्जना रहेको यस गीतमा शिलुलाई खुमन अधिकारीले स्वरमा साथ दिएका छन् ।

शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो भिडिओ जेरी भन्डारीले निर्देशन र कोरियोग्राफी गरेका हुन्। भिडिओमा खुमन अधिकारी, शिलु भट्टराई, जेरी भण्डारी, जुनु एसडि, श्री पोखरेल, सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ । रमाइलो र ठट्यौलो शब्दमा तयार पारिएको यो म्युजिक भिडिओ करन चैसिरले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका छन् ।