बम कुमार श्रेष्ठको ‘करौँतीको बोट’ सार्वजनिक

गीतकार एवम् सर्वोच्च अदालतका पूर्व न्यायाधीश बम कुमार श्रेष्ठको प्रेमिल भावको गीत ‘करौँतीको बोट’को भिडिओ सार्वजनिक गरिएको छ । विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा सन्तोष श्रेष्ठ र शान्तिश्री परियारको स्वरमा रहेको युगल गीतको भिडिओ सार्वजनिक भएको हो । पछिल्लो समयमा ओझेल पर्दै गएका वा कम प्रयोगमा आएका शब्दहरूलाई समेटेर बनाइएको युगल गीत सुन्दा नाचूँनाचूँ लाग्छ र भिडिओ हेर्दा रमाइलो महसुस हुन्छ ।

राजु कार्की सङ्गीतसंयोजक, एस.बी. मुस्कान र दिल समर्पण सङ्गीतसञ्चयक र प्रकाश मिश्र सङ्गीतसम्पादक रहेको यो गीतको अकस्टिक नेपालमा सङ्गीत सञ्चयन गरिएको हो । उत्सव दाहालको छायाङ्कन एवम् विकास दाहालको दृश्य सम्पादन रहेको यस गीतको भिडिओमा करिश्मा ढकाल र सुरेश कोहिलले अभिनय गरेका छन् । गीतको श्रव्यदृश्य सन्तोष श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।