-सीतल आचार्य
नृत्य निर्देशक सङ्घ नेपालको दसौँ स्थापना दिवस नि:सहाय जेष्ठ नागरिकहरुलाई भोजन गराई सम्पन्न गरिएको छ। अध्यक्ष भुवन दास श्रेष्ठको अध्यक्षता एवं नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख बखत बहादुर हमाल, नृत्य निर्देशक सङ्घ नेपालका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नृत्य निर्देशक राजु शाह, वरिष्ठ नृत्य निर्देशक तथा केन्द्रीय सल्लाहकार डा. आरसी कोइराला ‘रामचन्द्र’, वरिष्ठ नृत्य निर्देशक तथा केन्द्रीय सल्लाहकार जोगेन्द्र केसी, कानुनी सल्लाहकार सन्तोष रानामगर आदिको उपस्थिति रहेको थियो ।
कार्यसमिति सदस्य प्रमिला ढकालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम सङ्घका सचिव रवि रानामगरले सञ्चालन गरेका थिए। कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु, काठमाडौं जिल्ला शाखा र भक्तपुर जिल्ला शाखाका पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम काठमाडौंको तिनकुनेमा रहेको नि: सहाय सेवा सदनमा आयोजना गरिएको थियो ।
