गीतकार दीपक बरुणको ‘सारी लाउन’ सार्वजनिक

गीतकार दीपक बरुणको नयाँ साङ्गीतिक कोसेली ‘सारी लाउन’ को भिडिओ सार्वजनिक भएको छ। भ्वाइस अफ नेपालकी कोच समेत रहेकी लोकप्रिय गायिका मेलिना राई र नेपाल आइडल सिजन ५ का विजेता गायक करण परियारको युगल स्वरमा रहेको सो गीतमा हरि लम्सालको सङ्गीत रहेको छ । गीतमा कुशल सिंहले म्युजिक एरेन्ज गरेका छन् ।

नेपाली ट्रिपिकल शब्दको समिश्रण रहेको यस गीतलाई हरि लम्सालको कर्णप्रिय सङ्गीतले थप सुमुधुर बनाएको छ । गम्भीर बिष्टले निर्देशन गरेको यस गीतको भिडिओमा जुना सुन्दास र सरोज प्रजाको अभिनय रहेको छ । गीतको भावअनुसार नै भिडिओमा पनि ‘सारी लाउन’ आउँदा मोडेललाई कस्तो देखिन्छ भन्ने बारेमा बयान गरिएको कुराहरुलाई देखाइएको छ। सुविन गोदारको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन रहेको यस भिडिओमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । भिडिओ ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको छ ।