-तुलसी गिरी ‘भावुक’
हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा झापाली गायिका कोपिला शिवाकोटीले तिज गीत ‘यसपाली त नाच्ने हो आफ्नै गीतमा’ को भिडिओ बजारमा ल्याएकी छिन् । कोपिलाकै शब्दरचना रहेको यस गीतमा रिता के.सी. र कोपिलाको स्वर रहेको छ भने पवन रानाभाटले सङ्गीत, सङ्गीत संयोजन र मिक्सिङ्/माष्टरिङ् गरेका छन् ।
उमेश खड्गीको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको यस गीतको भिडिओमा झापाली मोडेल बिना राउतले प्रमुख मोडलको रुपमा आकर्षक नृत्य गरेकी छिन् । भिडिओमा अमित बीकेको सिनेमाटोग्राफी र राजेश बोहराको ईडिटिङ् रहेको छ । जसमा गायिकाद्वय कोपिला र रितालाई पनि नृत्य/अभिनयमा देख्न सकिन्छ ।
