भट्टराईको ‘तर्किएर जानेलाई’ श्रोता/दर्शक माझ

साउन महिनाको दोस्रो हप्ता कटिसक्दा नेपाली साङ्गीतिक बजार तिजमय भैसकेको छ । हरेक दिन भिडिओ सहित तिजका कोसेलीहरु दर्शक, श्रोतामाझ पस्किन सर्जक, गायक / गायिकाहरुलाई भ्याइनभ्याई छ । यसैक्रममा गायक कृष्ण भट्टराईले पनि आफ्नो तिज कोसेली ‘तर्किएर जानेलाई’ सार्वजनिक गरेका छन् ।

मञ्जु  बिक, तुलसा जिसि र कृष्ण भट्टराईको आवाज रहेको यस गीतको शव्द दीपक अधिकारीले लेखेका हुन् भने सन्तोष सुवेदीले लय भरेका छन् । राजेन्द्र नेपाली लट्टे, अस्मि गौतम, अनुभव पौडेल र कृष्ण भट्टराईको अभिनय रहेको यो म्युजिक भिडिओ गणेश सापकोटाले खिचेका हुन् भने सुवास अंगाइले सम्पादन गरेका छन् । कपिल श्रेष्ठको निर्देशन रहेको यो भिडिओ कृष्ण भट्टराई युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।