गायिका सीता राना मगरको तीज गीत ‘आहा मेरो राजै’ सार्वजनिक

-प्रकाश बराईली ‘अभिव्यक्ति’

नेपाली साङ्गीतिक बजार सङ्गीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजीकिंदै गर्दा  तिज गीतका भिडिओहरु आउने क्रम जारी छ। सोही क्रममा चर्चित गायिका सीता राना मगरको तीज विशेष गीत ‘आहा मेरो राजै’ को भिडिओ सार्वजनिक भएको छ। यस गीतमा सीता राना मगर र ऋषि खड्काको स्वर रहेको छ भने सीता राना मगरको शब्द, ऋषि खड्काको सङ्गीत तथा थेगो रहेको छ।

यस गीतको भिडिओ मुकेश नेपालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने बुद्ध थापाको छायाङ्कन र नवीन घर्ती मगरको सम्पादन रहेको छ। भिडिओमा बिमल अधिकारी र स्मारिका ढकालको अभिनय रहेको छ। भिडिओ सीता राना मगरकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सधैं मेला तथा महोत्सवहरुमा व्यस्त रहने गायिका सीता राना मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय सह-सचिव समेत हुन्।