लोकप्रिय गीतकार प्रतिमा गुरुङको शब्द, गायक/सङ्गीतकार चिरञ्जीवी भण्डारीको सङ्गीत र लोकप्रिय गायक सत्यराज आचार्यको आवाजमा रहेको गीत ‘न जिउन सकें न मर्नै सकें’ को भिडिओ सार्वजनिक भएको छ । गीतमा सङ्गीत संयोजन संजीव बराइलीको रहेको छ । भिडिओमा कन्सेप्ट, कथा गीतकार स्वयं प्रतिमा गुरुङको, निर्देशन केशव भट्टको, छायाङ्कन उत्सव दाहालको र सम्पादन विष्णु खड्काको रहेको छ भने स्मारिका ढकाल, सुरेश कोहली र गायक/सङ्गीतकार चिरञ्जीवी भण्डारीको दमदार अभिनय देख्न पाइन्छ।
प्राय: रोमान्टिक गीतमा अभिनय गरिरहेका गायक/सङ्गीतकार चिरञ्जीवी भण्डारी यसपाली आफैंले सङ्गीत गरेको मर्मस्पर्शी गीतमा वियोगान्तसंगै वि^कराल नका^रात्कम पात्रको भूमिकामा देखिएका हुन् । भिडिओमा चोखो माया गरेको व्यक्तिले मायामा विश्वाशघात पाएपछि हुने नका^रात्मक उतार चढाबलाई देखाउन खोजिएको छ। अझ सशक्त कथामा यसको ‘पार्ट २’ पनि आउने कुरा गीतकार प्रतिमा गुरुङले जानकारी गराएकी छिन्। गीतको भिडिओ Chiranjivi Bhandari युट्युब च्यानलमा हेर्न सकिन्छ ।
