सर्जक राजकुमार र गायिका मिलनको सहकार्यमा कौरा फ्युजन गीत ‘राजै’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक राजकुमार ब^गरको रचना/सङ्गीत एवं लोकप्रिय गायिका मिलन नेवारको स्वरमा रहेको गीत ‘राजै’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ गायिका मिलनकै युट्युब च्यानल  Milan Newar बाट शुक्रबार डिजिटल बजारमा आएको हो l कमल सौरागको सङ्गीत संयोजन र सर्जक ब^गरकै मिक्सिङ रहेको यो गीतको भिडिओ सुरज थापा मगरको कथा परिकल्पना एवं निर्देशनमा छायाङ्कन भएको हो l जसमा निशान दाहालको सिनेमाटोग्राफी र नवीन घर्ती मगरको सम्पादन रहेको छ l

कौरा फ्युजन भाकाको यस गीतको भिडिओमा गायिका मिलनलाई नै प्रमुख भूमिकामा देख्न सकिन्छ l भिडिओमा मिलनसँगै राज बुढा मगर, प्रियंका गरबुजा मगर, विजय पुन मगर, पवित्रा थापा मगर, बिनु राना मगर, पूजा राना र स्वीकृति थापा मगरले मुख्य भूमिकामा अभिनय गरेका छन् भने सहायक भूमिकामा अन्य दर्जनौं कलाकारलाई देख्न सकिन्छ l