शंकर र जुनाको तीजगीत ‘साइँली छोरी’

नेपाली गीत सङ्गीतप्रेमी दर्शक श्रोताको लागि शंकर बिसि नाम नै पर्यायवाची जस्तै भैसकेको छ । नेपाली लोक गीत सङ्गीतप्रेमी बच्चादेखि वृद्धसम्म सबैको मनमा बसेका बिसिले साङ्गीतिक बजारमा दशकौं अघिदेखि अभिनय, निर्देशन र कोरियोग्राफी गर्दै बिताएका छन् । उनी पछिल्लो समय एक सर्जकको रूपमा पनि देखिन र चिनिन थालेका छन् ।

भर्खरै मात्र साङ्गीतिक बजारमा आएको गायिका देविका केसी र रामकुमार नेपालीले आवाज दिएको तीजगीत ‘साइँली छोरी’ को शब्द शंकरले नै लेखेका हुन्। रामकुमार नेपालीको लय रहेको यस गीतको भिडिओमा शंकर बिसिकै निर्देशन र कोरिग्राफी रहेको छ भने भिडिओ दुर्गा पौडेलले खिचेका छन् । नवीन घर्ती मगरको सम्पादनमा तयार भएको यस गीतको भिडिओमा शंकर बिसि र जुना बिश्वकर्मा लगायतको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।