-तुलसी गिरी ‘भावुक’
विशिष्ट गायनकलाका कारण मेलोडी सुल्तानको उपनामले समेत परिचित फरक धारका गायक शिशिर योगीले ‘वुद्ध आए हुन्थ्यो’ बोलको गीतको भिडिओ सार्वजनिक गरेका छन् l एन. पी. मुश्कानको शव्दरचना, गायक योगीकै सङ्गीत, नोर्बु शेर्पाको सङ्गीत संयोजन र प्रकाश मिश्रको ध्वनि मिश्रण रहेको यस गीतको भिडिओ लोकेश भाटको ग्राफिक्समा तयार भएको हो l
सकारात्मक चिन्तनबाट सिर्जित यस गीतमा गीतकारले समग्र मुलुकमा शान्तिको कामना गरेका छन् l शान्ति, मानवता, प्रेम, भाइचारा, सद्भावका साथै सुख, शान्ति र समृद्धिको चाहना व्यक्त गरेका छन् l सान्दर्भिक र मननीय भाव बोकेको यस गीतलाई शिशिर योगीको सङ्गीत/स्वरले जीवन्त बनाएको छ l
