सर्वहारा परिवारको कथा-व्यथा ‘एकमुठी चामल’

-तुलसी गिरी ‘भावुक’


प्रेम वियोग भन्दा मानवीय मार्मिक अनुभूति एवं यथार्थपरक भाव बोकेका गीत मार्फत सङ्गीत क्षेत्रमा विशिष्ट पहिचान स्थापित गरेका गायक शिशिर योगीले पुन: यस्तै कारुणिक तथा यथार्थपरक गीत एकमुठी चामल को भिडिओ सार्वजनिक गरेका छन् l रत्नसमशेर थापाको शब्दरचना र नारायणगोपालको सङ्गीत रहेको यस गीतको भिडिओ आज गायक योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट डिजिटल बजारमा आएको हो l सङ्गम डिजिटलका प्राविधिक सङ्गम लामाले रेकर्डिङ / मिक्सिङ गरेको यस गीतमा अमूल कार्की ढलीको सङ्गीत संयोजन रहेको छ l

SUBSCRIBE 👉

महेश महराको सिनेम्याटोग्राफी र वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादनमा निर्मित यस भिडिओमा मुख्य पात्र गाईनेको रुपमा गीतका गायक योगीलाई नै देख्न सकिन्छ भने एन्जल तिमिल्सिनाले गाईनेकी छोरीको भूमिकामा अभिनय गरेकी छिन् l भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा तयार भएको हो l गीतले सारङ्गी बजाएर जीवन निर्वाह गर्ने एक सर्वहारा गाईने परिवारको कथा-व्यथालाई गहिराईबाट प्रस्तुत गरेको छ भने भिडिओमा सोही स्थिति र परिवेशको चित्रण गरिएको छ l