तिहारविशेष गीत ‘देउसी भैलो’ को भिडिओ बजारमा

-तुलसी गिरी ‘भावुक’


Quality Films Nepal नामक युट्युब च्यानलबाट देउसी भैलो रमाइलो तिहार बोलको तिहारविशेष गीतको भिडिओ सार्वजनिक भएको छ l उमेश गुरुङको शब्दरचना, टिका बम्जनको सङ्गीत, तेजेन्द्र गुरुङको सङ्गीत संयोजन तथा टिका बम्जन, शशिकला मोक्तान र बबिता पाख्रिनको स्वर रहेको यस गीतको भिडिओ २ दिन अघि मात्र डिजिटल बजारमा आएको हो l गीतमा डिका गुरुङको मिक्सिङ / माष्टरिङ रहेको छ l

यस तिहारविशेष गीतको भिडिओ उमेश गुरुङको परिकल्पना, कोरियोग्राफी र निर्देशनमा तयार भएको हो l भिडियोमा शम्भू चालिसेको सिनेम्याटोग्राफी र सुजन शाहीको दृश्य एवं रङ्ग सम्पादन रहेको छ l

यसैगरी भिडियोमा निर्देशक उमेश गुरुङ स्वयमको समेत अभिनय देख्न सकिन्छ भने विशिष्ट कलाकार सन्तोष पन्तको साथमा आनन्द गुरुङ, माधव खनाल, रिना थापा मगर, आरुषी मगर लगायतका कलाकारहरुले अभिनय गरेका छन् l भिडिओ क्वालिटी फिल्म्स् नेपाल को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l