डी. पी. दाहाल परिश्रमीको ‘तिमी को हौ ?’ को भिडिओ सार्वजनिक


गीतकार डी. पी. दाहाल परिश्रमीले युवाहरुको मन जित्ने प्रयास स्वरुप तिमी को हौ ? बोलको गीतको भिडिओ Delighted Nepal नामक युट्युब च्यानल मार्फत बजारमा ल्याएका छन् ।

गीतमा बिगत लामो समयदेखि सङ्गीतकार एवं एरेन्जरको रुपमा उच्च छवि बनाएका मनोहर सुनामको सङ्गीत रहेको छ भने मारीया सुनामले स्वर दिएकी छिन् l मारियाको यो पहिलो रेकर्डेड गीत हो ।

SUBSCRIBE 👉

गीटारलाई बेस गरेर बनाईएको यस गीतमा प्रकाश मिश्रले माष्टरिङ गरेका छन् भने गीत अकष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतकी प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल हुन् । डिलाईटेड म्युजिक इण्डष्ट्रिज प्रा.लि.ले उत्पादन तथा वितरण गरेको तिमी को हौ ? सुन्नलायक मीठो सिर्जना बनेको छ ।

ह्वाइट मिडियाको उत्पादन सहयोग रहेको यस गीतबाट नवगायिका मारीयाले निकै आशा गरेकी छिन् । भिडिओको छायाङ्कन नवराज घिमिरेले र सम्पादन अभिषेक राजोपाध्याले गरेका हुन् ।