पारशप्रकाश र केञ्जुमाको स्वरमा ‘दसैं आयो तिहार आयो’

-तुलसी गिरी ‘भावुक’


पारशप्रकाश नेपाल र केञ्जुमा सुब्बाको युगल स्वरमा रहेको दसैं-तिहार गीत ‘दसैं आयो तिहार आयो’ को भिडिओ बजारमा आएको छ l भिडिओ लगभग एकहप्ता अघि Asian Music  नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो l   

पारशप्रकाश नेपाल र केञ्जु सुब्बाकै संयुक्त शब्दरचनामा रहेको यो गीतमा जुगल डंगोलको सङ्गीत रहेको छ भने नगेन्द्रविक्रम राईले बाँसुरी, हेमन्त कान्छा रसाईलीले सारङ्गी, त्रिजंग बस्नेतले गितार र दिपेश राईले मादल बजाएर साथ दिएका छन् l भिडिओ निसल पौडेलको सिनेम्याटोग्राफी र निशान घिमिरेको सम्पादनमा तयार भएको हो l

SUBSCRIBE 👉

परदेशी दाजु र घरदेशमा रहेकी बहिनीले दसैं-तिहारको मुखमा एक-अर्कालाई सम्झिएर व्यक्त गरेका भाव गीतमा समेटिएको छ l पारिवारिक कथा-व्यथा बोकेको यस गीतले आफ्ना प्रिय मान्छेहरु परदेशमा हुँदा चाडवाडको बेला मन कति पिरोलिन्छ भन्ने यथार्थलाई उजागर पारेको छ l गीतमा बहिनीले आफ्नो दाजुलाई घर-परिवेशका कुराहरु भन्दै फर्कन आग्रह गरेकी छिन् भने दाजुले आफ्ना बाध्यता त विवशताहरु पोखेका छन् l मर्मस्पर्शी कथा भएको यो गीतले अधिकांश नेपालीहरुको पारिवारिक अवास्थाको चित्रण गरेको छ l