‘यो माया कस्तो माया’को शीर्षगीत सार्वजनिक


नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’ को शीर्षगीतको भिडिओ सार्वजनिक भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘यो माया कस्तो माया’ को सो भिडिओ ओएसआर डिजिटल युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको हो ।

SUBSCRIBE 👉

समसामयिक प्रेमकथामा आधारित यस चलचित्रमा दिवश धिताल, सभ्यता गिरी लगायताका कलाकारहरुको अभिनय रहेको छ । गीतमा  तुलसा शर्मा र सुरेश लामाले स्वर दिएका छन् भने अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, दिब्य सुवेदीको छायाङ्कन र किशन पोखरेलको निर्देशन रहेको छ । चलचित्रमा इन्द्र रजक, समृद्धि श्रेष्ठ, बिशाल गुरुङ, कमलचन्द्र पोखरेल, करण थापा र बाबु गौतमको लगानी रहेको थाहा भएको छ ।