गीतकार डी.पी. गायनमा पनि उत्तिकै अब्बल


डश म्युजिकको प्रस्तुतिमा रहेको रोमान्टिक भावको गीत पर्नु पीर पर्‍यो को भिडिओ सार्वजनिक भएको छ । डि.पी. खनालको शब्द, सङ्गीत तथा स्वरमा रहेको यस गीतमा डिपिको साथमा रचना रिमालले स्वर दिएकी छिन् । विश्व अधिकारीले सङ्गीत संयोजन गरेको यस गीतलाई विप्लव अधिकारीले ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।

SUBSCRIBE 👉

आफ्नो जमानाको कलेज लाईफको सम्झना गरिएको कथावस्तु भएको यो भिडिओ सुब्रत आचार्यले निर्देशन गरेका हुन् l भिडिओमा सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ भने बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ । क्याम्स पढ्ने बेला युवा युवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पूरा भिडिओ हेरेपछि बुझिन्छ । व्यावसायिक गीतकारको रुपमा स्थापित युवा गीतकार डी. पी. खनाल पछिल्लो समयमा गायक / सङ्गीतकारको रुपमा समेत निकै अगाडि आईरहेका छन् l

यस गीतकी निर्माता सदु थापा खनाल हुन् । दिपेन गौतम ‘माईकल’ प्रोडक्शन डिजाईनर रहेको यस भिडिओका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायाङ्कन गरेको यो भिडिओ बिजेश पौडेलले सम्पादन, कलर करेक्शन तथा भिएफएक्स गरेका छन् ।